धुलिखेलमा बीपीको सालिक अनावरण

मकवानपुर । काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक स्थापना गरिएको छ । धुलिखेल नगरपालिका–६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा बीपी कोइरालाको प्रतिमा स्थापना गरिएको हो ।
उक्त स्थानमा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा शनिबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् । कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अनावरण गरेका हुन् ।
ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको बीपी कोइराला प्रतिमा निर्माण समितिका संयोजक जितकृष्ण श्रेष्ठले जानकारी दिए । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको पूर्व सभापति समेत रहेका श्रेष्ठले बताए ।
अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं बीपी पुत्र शशाङ्क कोइराला, केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित