मुलुकमा बेइमानहरु बढ्दै गए : सभापति पोखरेल
काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताएका छन् । शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन् ।
उनले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताए । उनले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको समेत बताए । उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए ।
उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए । उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने, मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए । उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको टाउकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए । उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने समेत बताए ।
उनले भने, ‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ । तर सूचना निकाल्ने, टेण्डर स्वीकृत गर्ने, मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ । यो बेइमानी हो ।’
नेपाली कांग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको बताए । उनले निर्माण व्यवसायीहरुको कारण सरकारी निकायहरुमा बेरुजु नपाउने उल्लेख गरे । उनले सरकारी निकायका प्रमुखले नियम कानून कर्डाई गर्ने हो भने बेरुजु कम हुने बताए । उनले बेरुजु राख्ने,बेरुजु देखाउने र जनताको करको रक्षा गर्ने काम लेखा समितिको भएको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरुको ठूलो रहेको बताए । उनले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरुको नाममा बेरुजु बनाएर समस्या भएको बताए । उनले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्किएको बताए ।
उनले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताए । उनले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ ? भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन