‘छक्कापञ्जा ५’ प्रचारका लागि ‘रोस्टिङ ब्याटल’ हुने
शनिबार, ०५ असोज २०८१, १३ : ४३

काठमाडौँ । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रचारका लागि ‘रोस्टिङ ब्याटल’ आयोजना हुने भएको छ । ‘रोस्टिङ ब्याटल’मा ‘छक्कापञ्जा ५’ टिम र ‘कमेडी च्याम्पियन’का कलाकारले एउटै मञ्चमा हास्य व्यङ्ग्य प्रस्तुति दिनेछन् ।
अगामी २० गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने यो कार्यक्रमलाई अहिलेसम्मकै ठुलो रोस्टिङ ब्याटल भनिएको छ ।
कमेडी च्याम्पियन आयोजक रहेको कार्यक्रमको ‘छक्कापञ्जा’बाट कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा शिवाकोटी र कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनिल खड्का र ऋषभ काफ्ले सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु