प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँ: प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले खुसी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५-१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताए । उनले उक्त निर्णय हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए ।
उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सीमित हुने बताए । उनले आफू प्रधानमन्त्रीमा रहँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले माओवादी नेताहरूको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । उनले सबैले माओवादीलाई एकीकृत र केन्द्रीकृत गरे शक्तिशाली भइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा