आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

महाशक्ति प्रतिद्वन्द्विता : यथार्थवादी मामिला

शनिबार, ०५ असोज २०८१, १२ : ०६
शनिबार, ०५ असोज २०८१

तीन दशकअगाडि पश्चिमाका धेरै विज्ञले हामी इतिहासको अन्त्यमा पुगेका छौँ र महाशक्तिहरूबिचको युद्ध इतिहासको विषयका रूपमा मात्र सीमित भएको छ भन्ने विश्वास गर्थे । अहिले त्यो भ्रम टुटिसकेको छ । 

आजको विश्वले शीतयुद्धका समयमा जस्तो एउटा मात्र महाशक्ति प्रतिस्पर्धा सामना गरिरहेको छैन ।  पूर्वी युरोपमा (युक्रेनको विषयमा) अमेरिका–रुस र पूर्वी एसियामा (ताइवानको विषयमा) अमेरिका–चीनबिच एकसाथ दुई ठुला महाशक्ति प्रतिद्वन्द्विता झेलिरहेको छ । यी दुवै सुरक्षा प्रतिस्पर्धा सजिलै तातो युद्धमा परिणत हुन सक्छ ।

सारमा, अन्तर्राष्ट्रिय राजनीतिमा ठुलो रूपान्तरण भइसकेको छ, जुन पश्चिमा जगतका लागि दुःखद खबर हो । केमा खराबी भयो ? यो फेरबदललाई केले व्याख्या गर्छ ? विश्व कता जाँदै छ ? यस्ता प्रश्नको जवाफ दिन अन्तर्राष्ट्रिय राजनीतिको सिद्धान्त चाहिन्छ । एउटा आम ढाँचा, जसले राज्यहरूले किन यसरी काम गर्छन् भन्ने व्याख्या गर्न सक्छ । त्यसले हामीलाई यो जटिल र अन्योल दुनियाँबारे केही थाहा पाउन सजिलो बनाउँछ ।

विश्व राजनीति बुझ्नलाई यथार्थवाद उत्कृष्ट सिद्धान्त हो । यथार्थवादीको बुझाइमा राज्य प्रमुख खेलाडी हो, तिनीहरू एक–अर्कालाई जोगाउने कुनै सर्वाेच्च प्राधिकारबिनै एक–आपसमा सह–अस्तित्वमा रहेका हुन्छन् ।

विश्व राजनीति बुझ्नलाई यथार्थवाद उत्कृष्ट सिद्धान्त हो । यथार्थवादीको बुझाइमा राज्य प्रमुख खेलाडी हो, तिनीहरू एक–अर्कालाई जोगाउने कुनै सर्वाेच्च प्राधिकारबिनै एक–आपसमा सह–अस्तित्वमा रहेका हुन्छन् । यो परिस्थितिले उनीहरूलाई शक्ति सन्तुलनमा ध्यान दिन बाध्य बनाउँछ, किनकि उनीहरूले बुझेका हुन्छन् कि आफू कमजोर हुनु भनेको अरुलाई आफूमा जाइलाग्न सजिलो बनाइदिनु हो ।

यसरी राज्यहरू एकापसमा शक्तिका लागि लडाइँ झगडा गर्छन् तर यसको अर्थ यो होइन कि उनीहरू आफ्ना सरोकारहरू मिल्दा सहकार्य गर्दैनन् । राज्यहरू बिचको सम्बन्ध खास गरेर महाशक्तिहरू बिचको सम्बन्ध यसको अन्तर्यमा प्रतिस्पर्धी हुन्छ । अझ यथार्थवादीहरू त युद्धलाई राज्य सञ्चालनको स्वीकार्य उपकरणका रूपमा लिन्छन्, साथै कहिलेकाहीँ राज्यहरू आफ्नो रणनीतिक अवस्थिति सुधार्न आफैँ युद्ध सुरु गर्छन् भन्ने पनि मान्छन् । जस्तो कि क्लजबिच भन्छन्, ‘युद्ध भनेको अरु नै तरिकाबाट राजनीतिको निरन्तरता हो ।’)

  • यथार्थवाद पश्चिममा लोकप्रिय छैन

यथार्थवाद पश्चिममा लोकप्रिय छैन । त्यहाँ युद्धलाई असाध्यै गलत कुराको रूपमा लिइन्छ । युद्धलाई केवल आत्मरक्षाका रूपमा उपयोग गर्न मात्र जायज ठानिन्छ । संयुक्त राष्ट्र संघको बडापत्रमा पनि यस्तै छ । अर्काे स्वरूपको राजनीति ? ओहो हुनै सक्दैन । यो अलोकप्रिय पनि छ, किनकि यो यति निराशावादी छ कि यसले महाशक्तिहरू बिचको सुरक्षा प्रतिस्पर्धालाई जीवनको बदल्नै नसकिने तथ्य भन्दै अनिवार्य युद्धको दुर्दान्त परिणाममा पुग्छ भन्ने मान्छ । अन्ततः यथार्थवादले सबै राज्यहरू चाहे ती लोकतान्त्रिक होऊन् वा नहोऊन् सबै एउटै नियमबाट चल्छन् भन्ने मान्छ । पश्चिममा मानिसहरू शासनको स्वरूपले ठुलो अर्थ राख्छ भन्ने मान्यता राख्छन् । उनीहरूको बुझाइमा उदार लोकतन्त्रहरू असल हुन् जब कि अधिनायकवादी मुलुकहरू खराब हुन् र युद्धका मुख्य कारक पनि उनीहरू नै हुन् ।

सामान्य रूपमा, यथार्थवादको मुख्य विकल्प उदारवादी सिद्धान्तलाई पश्चिममा रुचाइन्छ । तथापि अमेरिकाले लगभग सधैँ यथार्थवादको मान्यता अनुसार काम गरेको छ र आफ्नो व्यवहारलाई थप नैतिक बयानबाजीका साथ लुकाएको छ । यसले दोस्रो विश्वयुद्धको दौरान स्टालिनको सोभियत संघसँग गठबन्धन ग¥यो । शीतयुद्धका समयमा यसले धेरै निर्दयी निरंकुशहरूलाई समर्थन ग¥यो, जस्तै ः चीनमा चियाङ काइ–सेक, इरानमा मोहम्मद रेजा पहलवी, दक्षिण कोरियामा री सिङ्म्यान, जायरमा मोबुतु सेसे सेको, निकारागुआमा अनास्तासियो सोमोजा र चिलीमा अगस्टो पिनासे ।

एउटा अपवाद चाहिँ  ‘एकल ध्रुवीय क्षण’ (सन् १९९१–२०१७) हो, जब दुवै डेमोक्रेटिक र रिपब्लिकन प्रशासनले यथार्थवादलाई त्यागे र उदार लोकतन्त्र–कानुनको शासन, बजार अर्थतन्त्र र मानव अधिकारको मूल्यमा आधारित विश्वव्यापी व्यवस्था अमेरिकाको सौम्य नेतृत्वमा सिर्जना गर्ने प्रयास गरे । दुर्भाग्यवश ‘उदारवादी आधिपत्य’को यो रणनीति लगभग पूर्ण रूपमा असफल भयो र यसले सन् २०२३ को समस्याग्रस्त संसार सिर्जना गर्न प्रमुख भूमिका खेल्यो । अमेरिकी नीति–निर्माताले सन् १९८९ मा शीतयुद्ध समाप्त भएपछि यथार्थवादी विदेश नीति अपनाएको भए संसार आज धेरै कम खतरनाक हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोन मेइरसाइमर
जोन मेइरसाइमर
लेखकबाट थप