ग्लोबल विक अफ एक्सन इन साउथ एसिया
जलवायु न्यायको माग गर्दै जावलाखेलमा र्याली (तस्बिरहरू)
शनिबार, ०५ असोज २०८१, ०९ : ५१
_SToTjx9iOt.jpg)
काठमाडौँ । जलवायु न्यायको माग गर्दै युवा–युवतीको समूहले ललितपुरको जावलाखेलमा र्याली निकालेको छ । पिपुल्स क्लाइमेट मार्च २०२४ नाम दिइएको यस र्यालीमा दर्जनौँ सहभागीले विभिन्न ब्यानर र प्ले कार्ड सहित नारा लगाउँदै र्याली निकालेका हुन् ।
उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति तिर्न पर्ने माग गरेका छन् ।
विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्याँस उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो मार्च ग्लोबल विक अफ एक्सन इन साउथ एसियाको सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी