उत्तर कोरिया भागेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त
शनिबार, ०५ असोज २०८१, ०९ : ३५

वासिङ्टन । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो ।
जुलाई २०२३ मा, ट्राभिसलाई गैर-कमिसन अफिसरमाथि आक्रमण र सेना परित्यागको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताए ।
टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर गरिएको थियो । अन्य आरोप खारेज गरिएको थियो ।
ट्राभिस किङ जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते