चितुवाको छालासहित युवक पक्राउ
शनिबार, ०५ असोज २०८१, ०८ : ३७

बझाङ । चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ः३० बजे जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिगएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले हातमा बोकेको सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रङ्गको बुट्टा भएको दाँत र पन्जा सहितको चितुवाको छाला फेला पारी बरामद गरेको हो ।
जोशीलाई पनि पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
नेविसंघले अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको अनेरास्ववियुकाे आरोप
-
ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
-
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
-
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सम्पन्न