जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गरेकी छिन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले स्वास्थ्यको अधिकार सँगै जोडिएका कानुन बनाउन र सुधार गर्न सरकार र संसदलाई सुझाव दिन जनस्वास्थ्यविद्हरूसँग आग्रह गरेकी हुन् ।
उनले सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने कुरा दिगो विकासको लक्ष्यमा समेत स्पष्ट भएको बताउँदै आवश्यक ऐन र कानुन बनाउन तथा सहजीकरण गर्न सदैव तयार रहेको पनि बताइन्।
पछिल्लो समयमा मानिसको मृत्युदर घटेको तर रोगी भएर बाँच्ने क्रम बढेको भन्दै रोग लागेपछि उपचार गर्नुभन्दा भन्दा रोग लाग्नै नदिनका लागि जनस्वास्थ्य सुधारको काममा राज्य र संसद्ले ध्यान दिनुपर्ने उनको भनाई थियो । ‘रोग लागेपछि महँगो उपचार गर्नुभन्दा रोग लाग्नै नदिन खोप, जनचेतना, आहार बिहार सुधार गर्नु अहिलेको आवश्यकता हो ।’, उनले भनिन् ‘राज्यले जनस्वास्थ्यको अवस्थामा अझै सुधार गर्न आवश्यक कानुन बनाउन र स्रोत साधन परिचालनलाई प्राथमिकता दिनुपर्छ।’
अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण पनि जनस्वास्थ्य क्षेत्रमा चाहे अनुसार सुधार नभएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न आग्रह पनि गरिन् ।
जनस्वास्थ्यको क्षेत्रमा नागरिक सँगै तल्लो तहमा काम गर्ने महिला स्वास्थ्य स्वसेविकालाई तालिम र सुविधा दिएर परिचालन गर्न पनि उनले आग्रह गरिन्। उपाध्यक्ष घिमिरेले जनस्वास्थ्यको विषय राज्यका लागि समेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा समाधान गर्दै जानुपर्ने कुरामा जोड दिइन् । राष्ट्रिय सभाले दिगो विकास लक्ष्यका विषयमा सङ्कल्प प्रस्ताव नै पारित गरेको जानकारी दिँदै अहिले स्वास्थ्यका क्षेत्रमा भइरहेको यो नवीन खोज अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान विश्वका लागि पनि उदाहरणीय बन्ने अपेक्षा उनले गरिन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्यविदहरु डा योगेन्द्र कुमार प्रधानाङ्ग र डा सुनिती आचार्यले राज्य र निजी क्षेत्रले समेत जनस्वास्थ्यको क्षेत्रमा भन्दा उपचारका लागि अस्पताल बनाउन प्राथमिकता दिएकोमा चिन्ता व्यक्त गरे । जनस्वास्थ्यमा सुधार गर्ने हो भने महँगोमा उपचार गर्ने अवस्था नै नआउने कुरामा सबैले ध्यान दिन आग्रह गर्दै जनस्वास्थ्य सुधार गर्दा अस्पताल बनाउनु भन्दा धेरै उत्तम विकल्प भएकोमा उनीहरुले जोड दिए ।
मान्छे रोगी भएर धेरै वर्ष बाँच्ने र ठुलो धनराशि तथा समय अस्पतालमा खर्च गर्नुपर्ने अवस्था सुखद नभएको उनीहरूको भनाई थियो । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविद् डा प्रधानाङ्ग र डा आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
-
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
-
पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार, दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र
-
अमेरिकी राष्ट्रपति निर्वाचन : चिसोको बाबजुद बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन, फोटोहरू
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’