साउदी प्रो लिग : इत्तिफाकविरुद्व नासरको शानदार जित

काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल इत्तिफाकविरुद्ध अल नासरले ३-० को शानदार जित निकालेको छ ।
शुक्रबार राति इत्तिफाकको घरेलु मैदान अब्दुल्लाह अल दबिल स्टेडियममा भएको खेलमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित नासरले ३-० को फराकिलो जित निकालेको हो ।
नासरका लागि क्रिष्टियानो रोनाल्डोले ३३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए भने ५६ औँ मिनेटमा सलिम अल नाज्दी र ७० औँ मिनेटमा तालिस्काले एक-एक गोल गर्दै जित दिलाए । यसअघि लगातार तीन खेलमा जित निकालेको इत्तिफाक यो खेलमा भने आफ्नै मैदानमा नासरसँग स्तब्ध बनेको हो । नासरका लागि भने यो जित निकै अर्थपूर्ण रह्यो ।
प्रतियोगितामा चार खेल खेल्दा दुईमा बराबरी र दुईमा जित निकालेको नासर अंक तालिकामा चौँथो स्थानमा अडिएको छ । इत्तिफाक ९ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबारै भएको अर्को खेलमा अल अहिल एससीले दमाकविरुद्ध ४-२ अन्तरको जित निकालेको छ भने त्यसअघि शुक्रबारै भएको अल खालिज र अल फइयाबीचको खेल बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो