यी खानेकुरा, जसले उमेरलाई कयौं वर्ष पछाडि धकेलिदिन्छन्
काठमाडौं । हरेक व्यक्ति सधैं जवान र सुन्दर देखिन चाहन्छन् । तर उमेर बढ्ने प्रक्रिया त कसले पो रोक्न सक्छ र ?
जसैजसै उमेर बढ्दै जान्छ, अनुहारमा समेत यसको असर देखिन थाल्छ । उमेर बढ्दै जाँदा हर कोहीको अनुहारमा चमक र सुन्दरता हराउँदै जान्छ । तर तपाईले चाहनुभयो भने आफ्नो सुन्दरतालाई अलि लामो समयसम्म कायम राख्न सक्नुहुन्छ ।
जसका लागि तपाईले आफ्नो भोजनमा केही कुरा समावेश गर्नु पर्नेछ । बुढ्यौलीको संकेत कम गर्ने केही सुपरफूड पनि छन् । यिनीहरूमा भिटामिन, खनिज, एन्टी अक्सिडेन्ट र अन्य यौगिक भरपूर मात्रामा हुन्छन् ।
केही खाद्य पदार्थ छालाको लागि विशेष रुपमा फाइदाजनक हुन्छन् । जस्तैः भिटामिन सीले भरिपूर्ण अमिलो फल, ब्लूबेरी, पत्तेदार हरियो तरकारी र ड्राइ फ्रुट्स आदि । आजको यस लेखमा हामीहरू तपाईलाई बुढ्यौलीलाई पर सार्न र जवान रहन आफ्नो भोजनमा समावेश गर्नु पर्ने केही खानेकुराबारे यहाँ चर्चा गरिएको छ ।
ब्लुबेरी
ब्लुबेरी खाँदा स्वास्थ्यमा हुने लाभबारे सन् २०१९ मा एउटा अनुसन्धानको समीक्षा सार्वजनिक भएको थियो । यसको सेवनले उमेर बढ्दै जाँदा देखिने कयौं असरहरू कम गर्ने देखाएको थियो ।
पत्तेदार हरिया तरकारी
पत्तेदार हरियो तरकारी एन्टी अक्सिडेन्टको राम्रो स्रोत हो । यसले उमेर बढ्दै जाँदा उत्पन्न हुने समस्याहरूलाई सुस्त बनाउन मद्दत गर्ने गरेको सन् २०१८ मा गरिएको एउटा अनुसन्धानमा फेला पारिएको थियो । हरेक दिन १–२ पन्यु हरियो तरकारी खाने मान्छे कहिले नखाने वा कहिले काँही खाने मान्छेको तुलनामा मानसिक रुपमा १० वर्ष जवान देखिने गरेको पाइएको थियो ।
एभोकाडो
भिटामिन र फाइबर प्रचुर मात्रामा पाइने एभोकाडो सुपरफूडको श्रेणीमा आउँछ । यो भिटामिन ए, फोलेट, नियासिन, भिटामिन बी र मोनोअनसैचुरेटेड फ्याटी एसिडको राम्रो स्रोत हो । यसले छालाबाट बुढ्यौलीको संकेतहरू कम गर्छ र जवान रहन मद्दत गर्छ । लागतार आठ हप्तासम्म एभोकाडो खाँदा छाला राम्रो हुने र यसको लचिलोपना पनि बढ्ने गरेको एउटा अनुसन्धानले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत
-
जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसङ्घ