नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
नासाका अन्तरिक्ष यात्री निक र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु–९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ ।
यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेशन मिसन हो ।
दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम रहेको छ ।
नासाका अनुसार क्रु–९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पुर्याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।
जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुगेका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वीमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित