प्रदेशहरूको सीमांकन सच्याएर पूर्ण अधिकार दिनुपर्छ : अध्यक्ष राउत
शुक्रबार, ०४ असोज २०८१, २३ : २९

धनुषा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा पार्टीका कार्यकर्ताको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा अध्यक्ष डा राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले संविधान संशोधन गरी नागरिकका थप अधिकार समेट्न आवश्यक रहेको बताए ।
कार्यक्रममा पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी सङ्गठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ