पर्यटन क्षेत्रले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा भूमिका खेलेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा मन्त्री पाण्डेले यसप्रकारका कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताए । 'पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ,' उनले भने ।
साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताए । आठौँ संस्करणका लागि दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेका थिए ।
जसमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलतर्फ पनि अवार्ड जितेको छ । त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’द्वारिका होटेलका स्व अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।
यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह