संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्नुपर्छ : अध्यक्ष केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । उनले प्रदेशमा हुने ४ खर्ब बजेट स्थानीय तहमा पठाएर जनचाहाना अनुसार विकासमा लगाउनुपर्ने बताउँदै प्रदेशको अनावश्यक खर्चले देश कंगाल हुन थालेको बताए ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
उनले कांग्रेस र एमालेले संविधान संशोधन गर्नुपछ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडि भन्न नसक्दा आशंका उत्पन्न भएको बताए ।
संघीयता भित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनको भनाई थियो । ‘संघीयताविरुद्व देशमा ठुलो जनमत तयार भए पनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न नसकेको कमजोरी स्वीकार गर्दै केसीले सत्ता, शक्ति र पैसाको आडमा चुनाव हुँदा सही एजेन्डा बोकेको राष्ट्रिय जनमोर्चा पछि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई