१७ लाख मूल्य बराबरको अवैध सामान बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, पर्साले आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमा भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रूपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रूपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिए ।
“अवैध भन्सार छली गरेर भित्राइएका सामान पक्राउ गरेर शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ”, उनले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु