इजरायली आक्रमणमा परेर बेरुतमा ८ जनाको मृत्यु, ५९ घाइते
शुक्रबार, ०४ असोज २०८१, २२ : २८

बेरुत । लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । बेरुतमा भएको आक्रमणमा आठ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा इजरायली हमलामा ५९ जना घाइते भएको बताइएको छ । यीमध्ये ८ जनाको अवस्था गम्भीर भनिएको छ । हवाई हमला भएको ठाउँ वरपरको क्षेत्रलाई घेराबन्दी गरिएको बीबीसी संवाददाताले भनेका छन् ।
हिजबुल्लाहले यस सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको बताइएको छ । हिजबुल्लाहका मानिसहरूले पत्रकारहरूलाई घटनास्थलमा जानबाट रोकेको खबर पनि आइरहेको छ ।
यसअघि समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाको रेडियो रिपोर्ट अनुसार इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर इब्राहिम अकिललाई लक्षित गरी हमला गरेको जनाएको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा