असन्तुष्ट नेताबारे जसपा नेपालको सचिवालयले अध्ययन गर्ने
शुक्रबार, ०४ असोज २०८१, २१ : २८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालभित्र असन्तुष्ट रहेका नेताहरूबारे अध्ययन गर्ने जिम्मेवारी पार्टी सचिवालयलाई दिएको छ ।
पार्टीको पदाधिकारी नपाएपछि केही नेताहरू असन्तुष्ट छन् । ती असन्तुष्ट नेतालाई पदाधिकारी लगायत अन्य पदमा कसरी समावेश गराउन सकिन्छ भन्नेबारे सचिवालयले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने निर्णय जसपा नेपालको कार्यकारिणी समितिको बैठकले गरेको छ ।
बैठक शुक्रबार सम्पन्न भएको छ । जसपा नेपालले विभागलाई पूर्णता दिने निर्णय पनि गरेको छ । विभागमा रहेका सदस्यहरू बसेर पूर्णता दिने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
उपचुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराउने समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
-
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु