ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

मुम्बई । सोमी अलीले सलमान खान र ऐश्वर्या रायको प्रेमकथा फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएको बताएकी छन् । यसअघि सलमान सोमीसँग सम्बन्धमा थिए ।
तर, जब सोमीलाई ऐश्वर्यासँगको सम्बन्धको खबर आयो तब उनले सलमानसँग ब्रेकअप गर्नु नै उचित ठानिन् ।
जुम टिभीलाई दिएको अन्तर्वार्तामा सोमीले भनिन्, ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ चलिरहेको थियो । एक दिन मैले सलमानलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् । त्यसपछि मैले फिल्मका निर्देशक सञ्जय लीला भन्सालीलाई फोन गरेँ र उनले भने– ‘सलमान सुटिङमा व्यस्त भएकाले तपाईसँग अहिले कुरा गर्न सक्दैन ।’
यो सुनेर मलाई निकै अनौठो लाग्यो । मैले उनलाई भनेँ, ‘यदि उनले सट दिइरहेका छन् भने निर्देशन किन नगर्नुभएको ? मेरो फोन किन उठाइ रहनुभएको छ ?'
- सोमी सलमानसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्थे
सोमीले थप भनिन्, ‘पछि ऐश्वर्या सलमानको जिममा आउन थालिन्, जहाँ सलमान र म सँगै बस्थ्यौँ । म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तल्लामा बस्थेँ, जहाँ हाम्रो जिम पनि थियो।
उनले भनिन्, ‘मैले सलमानसँग काम गर्नेहरूबाट उनीहरूको प्रेमबारे जानकारी पाइरहेकी थिएँ । मलाई मेरो हृदयमा थाहा थियो कि उनीहरूको सम्बन्ध अझै गहिरो बन्ने छ । मलाई यो पनि थाहा थियो कि अब यो मेरो लागि छोड्ने समय हो।’
सोमीको बयान अघि नै मिडिया रिपोर्टमा सलमान र ऐश्वर्या फिल्म हम दिल दे चुके सनमको सेटमा नजिक भएको उल्लेख गरिएको थियो । फिल्ममा उनीहरूको अनस्क्रिन केमेस्ट्रीलाई निकै तारिफ गरिएको थियो । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन र सन् २००१ मा दुवैले अलग हुने निर्णय गरे ।
सलमानसँग अलग भएपछि ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक