कूटनीतिक
ओली र मोदीको भेटवार्ताका लागि प्रयास जारी
शुक्रबार, ०४ असोज २०८१, २० : २८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकाकाे न्युयोर्कमा भेटवार्ता गराउने प्रयास भइरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदी भेटवार्ताका लागि सकारात्मक देखिएपनि समय तय हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दुई देशका प्रधानमन्त्रीबिच भेटवार्ताका लागि प्रयास भइरहेको छ । सम्भावना छ, तर समय तय भएको छैन ।’
भेटवार्ताका लागि भारत सकारात्मक रहेकाले दुवै पक्षबिचमा छलफल भइरहेको परराष्ट्रका एक अधिकारीले बताए ।
बिहीबार मात्र इजरायल–हमासको द्वन्द्वमा नेपाल र भारत एक साथ उभिएका छन् । युएनमा मतदान हुँदा भारत र नेपाललगायतका देश तटस्थ बसेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
-
बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?
-
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार