जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रममन्त्री भण्डारी
शुक्रबार, ०४ असोज २०८१, २० : १२
![जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रममन्त्री भण्डारी](https://npcdn.ratopati.com/media/news/shart-sing-bhandari_i1UGVLcFid.jpg)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य मुलुक भएको बताएका छन् । जापानको टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले नेपाल र जापानबिच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी श्रम सम्झदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताएका थिए । निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
जापानको भ्रमणमा रहेका मन्त्री भण्डारीले जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीसँग समेत भेट गरेका थिए । भेटको क्रममा दुई पक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?