विधायन व्यवस्थापन समितिले दसैँअघि दुई विधेयकमाथिको छलफल सक्ने

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दसैँ अगाडि नै छलफल गरिसक्ने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति तुलसाकुमारी दाहालले समितिमा भएका चारवटा विधेयकहरूमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दसैँ अगाडि नै छलफल गरेर सक्ने बताएकी हुन् । उनले आज (शुक्रबार)को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताइन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ ।
समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु