सडक मर्मत नभएको भन्दै सांसदहरू नै बसे धर्नामा

काठमाडौँ । समयमै सडक मर्मत नभएको भन्दै एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मासहितका जनप्रतिनिधिहरू सडकमै धर्ना बसेका छन् ।
भैरहवा–परासी हुलाकी सडक खण्डको सेमरहवामा सङ्घीय सांसद विश्वकर्मासहित प्रदेश सांसद र गाउँपालिका अध्यक्ष शुक्रवार सडकमा धर्ना बसेका हुन् ।
सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वकर्मा, प्रदेशसभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव लगायत स्थानीयहरू धर्नामा बसेको सांसद विश्वकर्माले बताए ।
उनका अनुसार सडक डिभिजन कार्यालय बुटवलले विशेष मर्मत शीर्षक अन्तर्गत दुई वर्षअगाडि ठेक्का सम्झौता गरेपनि अहिलेसम्म उक्त सडक मर्मत नभएपछि दबाबस्वरूप धर्नामा बस्नुपरेको बताए ।
उक्त सडक मर्मत गर्न कम्पनी ओमकार विल्डर्सले ठेक्का सम्झौता गरेको थियो । ‘दुई वर्षदेखि जोतेर छाडिएको छ । विभिन्न चरणमा भएका छलफलमा शुक्रवार बिहानबाट मर्मत गर्ने भनिए पनि भएन । त्यसयता धेरै दुर्घटना भएका छन्’, विश्वकर्माले भने ।
सांसदहरू धर्नामा बसेपछि स्थानीय प्रशासनसहित सरोकारवालाहरू बसेर १२ दिन भित्र काम सक्ने लिखित सहमति भएपछि धर्ना तोडिएको विश्वकर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस