संयुक्त अभ्यासका लागि चीन उड्यो नेपाली सेनाको टोली
शुक्रबार, ०४ असोज २०८१, १६ : ४७

काठमाडौँ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका फौजबिच संयुक्त अभ्यास हुने भएको छ । 'सगरमाथा फ्रेन्डसिप' नाम दिइएको संयुक्त अभ्यास सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शनिबारदेखि आश्विन १५ गतेसम्म चीनको Chongqing मा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने सेनाको भनाइ छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड-१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय