बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी छानबिन समिति प्रतिवेदन

रविको ससुराको कम्पनीमा पनि गयो गोरखा मिडियाबाट पेस्की

शुक्रबार, ०४ असोज २०८१, १६ : ३९
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा गोपीकृष्ण मुभिज प्रालिमा पनि रकम पेस्की गएको तथ्य बाहिर आएको छ । गोपीकृष्ण मुभिज रविका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको संस्था हो । 

सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ । 

उद्धव पौडेल रवि श्रीमती निकिता पौडेलको बुवा हुन् । ‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई रू‍.२५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा थप रु। ६६,२५,००० गरी रु. ८१,२५,००० पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ । 

यस्तै गोरखा मिडिया नेटवर्कबाट रास्वपा सहमहामन्त्री विपिन आचार्यको नोवोडी प्रोडक्सनमा ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ पेस्की गएको देखिन्छ ।  गोरखा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

2

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप