राजपुरमा फैलियो झाडा पखाला, केहीमा हैजाको संकेत

रौतहट । रौतहटको राजपुर नगरपालिकामा झाडा पखाला फैलिएको छ । यस्तै केही जनामा हैजाको संकेत समेत देखिएको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरले जनाएको छ ।
राजपुरको ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको र केहीमा हैजाको जस्तो संकेत देखा परेको स्वास्थ्य केन्द्रका संयोजक खुर्शैद आलमले जानकारी दिए । बिहीबार र शुक्रबार हालसम्म गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा आएको उनले बताए ।
उनीहरूमध्ये ७ जना बिरामीको दिशा टेष्टका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । तीमध्ये ६ जनामा हैजाको कीटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले जानकारी दिए । तर प्रादेशिक अस्पताल गौरमा गराएको आरडीटीबाट गराएको टेष्ट भरपर्दा नभएकाले थप टेष्टका लागि जनकपुरधाम पठाउने तयारी भइरहेको उनले बताए ।
२२ जना बिरामीमध्ये स्वास्थ्य केन्द्रमा १० जना महिला, ७ जना बालबालिका र एक जना पुरुष गरी १८ जना भर्ना गरेर उपचार भइरहेको उनले बताए । उनका अनुसार ४ जना उपचारपछि घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित