आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजपुरमा फैलियो झाडा पखाला, केहीमा हैजाको संकेत

शुक्रबार, ०४ असोज २०८१, १६ : १०
शुक्रबार, ०४ असोज २०८१

रौतहट । रौतहटको राजपुर नगरपालिकामा झाडा पखाला फैलिएको छ । यस्तै केही जनामा हैजाको  संकेत समेत देखिएको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरले जनाएको छ । 

राजपुरको ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको र केहीमा हैजाको जस्तो संकेत देखा परेको स्वास्थ्य केन्द्रका संयोजक खुर्शैद आलमले जानकारी दिए । बिहीबार र शुक्रबार हालसम्म गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा आएको उनले बताए । 

उनीहरूमध्ये ७ जना बिरामीको दिशा टेष्टका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । तीमध्ये ६ जनामा हैजाको कीटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले जानकारी दिए । तर प्रादेशिक अस्पताल गौरमा गराएको आरडीटीबाट गराएको टेष्ट भरपर्दा नभएकाले थप टेष्टका लागि जनकपुरधाम पठाउने तयारी भइरहेको उनले बताए । 

२२ जना बिरामीमध्ये स्वास्थ्य केन्द्रमा १० जना महिला, ७ जना बालबालिका र एक जना पुरुष गरी १८ जना भर्ना गरेर उपचार भइरहेको उनले बताए । उनका अनुसार ४ जना उपचारपछि घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप