वर्षेनी १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्
काठमाडौँ । विश्वमा प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको एक कार्यक्रममा विश्वमा करिब बर्सेनि १ करोड नयाँ डिमेन्सियाका बिरामी थपिने गरेको हो ।
यो सङ्ख्या सन् २०५० साल सम्म दोब्बर हुने अनुमान गरिएको छ । नेपालमा वृद्ध जनसङ्ख्याको वृद्धिसँगै डिमेन्सिया रोग, विशेष गरी अल्जाइमर महत्त्वपूर्ण चुनौती रूपमा रहेको छ । मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत कुनै नकुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर ५ करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । ‘अबको आवश्यकता: अल्जाइमर तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने नाराका साथ ३१ औँ विश्व अल्जाइमर तथा डिमेन्सिया दिवस शनिवार मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन
-
नेपालमा लसुनको अस्वाभाविक आयात
-
आठ दलीय मोर्चासमक्ष रेशम चौधरीले राखे यस्तो प्रस्ताव