विक्रम राठौड राजस्थान रोयल्सको ब्याटिङ प्रशिक्षक

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि राजस्थान रोयल्सले विक्रम राठौडलाई आफ्नो ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । राजस्थानले यसअघि राहुल द्रविडलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।
भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदबाट बिदा लिएपछि द्रविड राजस्थान रोयल्ससँग जोडिएका थिए । विक्रमले भारतीय क्रिकेट टोलीमा पनि ब्याटिङ प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन् । हालै सम्पन्न टी–२० विश्वकपपछि उनको कार्यकाल सकिएको थियो ।
राहुल द्रविड र विक्रम राठौडको जोडीले भारतलाई सन् २०२३ मा आईसीसी एकदिवसीय विश्वकपको फाइनलसम्म पुर्याएका थिए । यही जोडीले सन् २०२४ मा भारतलाई आईसीसी टी–२० विश्वकपको उपाधि पनि चुमाएको थियो ।
विक्रम सन् २०१९ मा भारतको राष्ट्रिय क्रिकेट टोलीसँग जोडिएका थिए । राजस्थान रोयल्सले पनि आईपीएलको आगामी संस्करणमा द्रविड र विक्रमको जोडीबाट उपलब्धिमूलक नतिजाको आशा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’