बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

जाउलाखेलमा कार्तिक ८ गतेदेखि फूल मेला आयोजना हुने

शुक्रबार, ०४ असोज २०८१, १५ : २०
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आगामी कार्तिक ८ देखि ११ गतेसम्म फूल मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको हो ।

मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने छ । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । यस्तै, गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क  ३० हजार रहेको एसोसिएसनका महासचिव हिरामणि शर्माले बताए । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराइने बताइएको छ ।  

साथै गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराइने छ । गोदावरी फूलको कट फ्लावर विधातर्फ गुणस्तरीय प्रतिस्पर्धाको आधारमा उत्कृष्ट हुने फार्मलाई पुरस्कृत गरिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप