देश नबन्नुमा व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए ।
‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।’
उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुँटहुँटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने बताए । उनले सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेको भन्दै नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द