नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
शुक्रबार, ०४ असोज २०८१, १४ : १६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले इतिहासका नालायकहरू मिलेर संविधान संशोधनको कुरा गरिरहेकाले उनीहरूको इच्छाबमोजिम संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभामा बोल्दै महासचिव भुसालले संविधान संशोधनको कुरा गरेर सत्तारुढ दलले अन्यत्र ध्यान मोड्न खोजेको बताए ।
‘इतिहासले पटक पटक कठघरामा उभ्याइसकेकाहरूको इच्छामुताविनक संविधान संशोधन हुँदैन । हुन दिइँदैन’, भुसालले भने, ‘लोकतन्त्रमा राजनीतिक पार्टी राम्रो नभई कुनै व्यक्ति वा गुटले मुलुक बनाउँदैन ।’
भुसालले न्यायालय, नियम कानुन र मुलुकको अर्थतन्त्र दलाल पुँजीवादले कब्जा गरेको भन्दै त्यसबाट मुक्त गर्नुपर्ने बताए । सरकार र सत्तारुढ दलहरूले आजको मुलुकको सङ्कट समेत समाधान गर्न नसक्ने भुसालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात
-
धमाधम हिमाल आरोहणको अनुमति
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश