आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा ६ स्पर्धा

काठमाडौँ । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) को आयोजनामा छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा सातवटै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने जानकारी आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले दिए । प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ दुई गरी कुल ६ वटा स्पर्धामा समावेश गरिएको छ ।
पुरुषतर्फ ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलातर्फ ४० केजीमुनि र ४५ केजीमुनिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ३१ हजार रुपैयाँ रहेको छ । एक दिने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी–कभर्डहलमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन