बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
छानबिन समितिको प्रतिवेदन

गोर्खा मिडियामा कसले कति लिए पेस्की ?

शुक्रबार, ०४ असोज २०८१, १४ : ०४
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आर्थिक वर्ष २०७८/०७९ सम्म ६ करोड ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की प्रवाह भएको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा संयोजकत्वको समितिले प्रतिवेदनमा जनाए अनुसार उक्त पेस्की रकम हालसम्म फ्छ्यौट हुन सकेको छैन ।

‘नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ, गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ, ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ पेस्की गएको समितिको ठहर छ ।

यस्तै, आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ गरी जम्मा करोड लाख ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की गएको समितिले जनाएको छ ।

समितिका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/०७८ मा नोबडी प्रोडक्सन प्रालिलाई ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म पनि ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ फर्छ्यौट भएको छैन ।

यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८/०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ ।

जस अनुसार शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शम्भु गुरागाईंले कर्मचारी पेस्की बापत ८१ लाख ३ हजार १९८ रुपैयाँ लिइ आर्थिक वर्ष २०७८/०७९ सम्म पनि पेस्की फर्छ्यौट गरेका छैनन् ।

यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी पेस्कीबापत पटकपटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप