जीबी राई र उनका आफन्तबाट सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाइ अपचलन भएको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले उक्त रकममध्ये ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको समितिले जनाएको छ । यस्तै, ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाइ रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर पुँजीबापत जम्मा गरिएको, ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।
पछि रवि लामिछाने समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले २०७९ असार ३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिइ गोर्खा मिडिया नेटवर्क प्रालिलाई असार ३१ मा २० लाखको ऋण प्रवाह गरेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास