युक्रेनलाई हतियार बेचेको समाचार आएपछि भारतले के भन्यो ?

नयाँ दिल्ली । भारतीय हातहतियार युरोपको बाटो भएर युक्रेनमा पठाइएको दाबीसहित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको खबर भारतको विदेश मन्त्रालयले खारेज गरेको छ । भारतीय हतियार निर्माताहरूको तर्फबाट युद्ध सामाग्री युरोपका ग्राहकहरूलाई बेचिएको र ती हतियार युक्रेन गएको थाहा पाएपछि रुसले विरोध गरेको भन्दै १९ सेप्टेम्बरमा रोयटर्सले समाचार छापेको थियो ।
खबरमा बताइएअनुसार रुसले विरोध गर्दागर्दै पनि भारतले यसमा कुनै रोक लगाएन । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने बिहीबार यो खबरबारे भने– ‘हामीले रोयटर्सले छापेको समाचार हेर्यौं । यो खबर काल्पनिक र भ्रमित गराउने खालको छ । खबरमा भारतको तर्फबाट नियमहरूको उल्लङ्घन गरेको कुरा गरिएको थियो, जुन गलत हो ।’
विदेश मन्त्रालयको विज्ञप्तिअनुसार सैन्य र अन्यमा प्रयोग हुने वस्तु निर्यातमा अन्तर्राष्ट्रिय कानुन मान्ने मामिलामा भारतको ट्र्याक रेकर्ड दागरहित छ । भारतले आफ्नो सैन्य हतियारको प्रसारको मामिलामा तय भएको अन्तर्राष्ट्रिय जिम्मेवारी र प्रमाणीकरणलाई ध्यान दिने पनि विज्ञप्तिमा भनिएको छ ।
रोयटर्सले समाचारमा भारतीय, युरोपेली र रक्षा उद्योगसँग सम्बन्धित अधिकारीसँगको कुराकानीको आधारमा त्यस्तो दाबी गरेको थियो । रुस विरुद्ध युक्रेनको प्रतिरक्षालाई यस्तो खालको समर्थन एक वर्षभन्दा बढी समयदेखि दिइरहेको समाचारमा स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्ने कुन टोलीको कति सम्भावना ?
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेविरुद्ध अवहेलना मुद्दा, न्यायाधीश रेग्मीको इजलासमा केसी
-
गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले
-
दोहोरो लिगमा १८ खेल नभई किन १४ खेलमात्र खेल्छन् सहभागी १० टोलीले ?
-
निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा
-
जनयुद्धमा उठाएको ४० बुँदे माग प्रचण्ड तीन पटक प्रधानमन्त्री हुँदासमेत किन कार्यान्वयन भएन ?