प्रधानमन्त्रीको भ्रमणले ठप्प विमानस्थल खुल्यो
शुक्रबार, ०४ असोज २०८१, १२ : २२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो ।
उडान बन्द गर्दा करिब १५ जहाज प्रभावित भएका छन् । पोखराबाट काठमाडौँका लागि उडेका बुद्ध एयरको एउटा जहाज पोखरा नै फर्किएको थियो । पोखराबाट ११ः१५ मा उडेको उक्त जहाज ११ः४५ मा काठमाडौँ विमानस्थल अवतरण गर्ने तालिका थियो । तर प्रधानमन्त्रीको उडानले गर्दा केहीबेर धादिङको आकाशमाथि होल्ड गरेर उक्त जहाज पोखरा नै फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन
-
‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा