दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी
शुक्रबार, ०४ असोज २०८१, ११ : ३५

काठमाडौँ । दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो ।
त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा परेका ती युवा बझाङ घर भएका तिलक खड्का रहेका छन् । प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले दिएको जानकारी अनुसार खड्काबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस नजाने भए मोदी
-
ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु
-
रेशमलाई भेटेपछि सीकेले भने, ‘एकीकरणकै दिन किन पक्राउ गरियो ? यो धेरै ठुलो प्रश्न हो’
-
कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान
-
प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !
-
रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक