लगातार चार जितसँगै फाइनलमा पुगेको नेपाल पुलिस क्लबले आज माल्दिभ्स पुलिसको सामना गर्दै

काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले शुक्रबार लिग चरणको अन्तिम खेल खेल्दैछ । नेपाल पुलिस क्लबले आफ्नो पाँचौँ तथा अन्तिम खेल आयोजक राष्ट्र माल्दिभ्सकै पुलिस क्लबसँग खेल्न लागेको हो ।
जारी प्रतियोगितामा पुलिस क्लबले यसअघि लगातार चार खेलमा जित हात पारिसकेको छ । नेपाल पुलिस क्लब लिग चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । नेपाल पुलिस क्लबले चौथो खेलमा बिहीबार माल्दिभ्सकै क्लब वाम्कोलाई ३–२ सेटले हराएको थियो ।
त्यसअघि नेपाल पुलिस क्लबले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको क्लब डाई मेडलाई ३–० को सोझो सेटमा हराएको थियो । त्यसअघि नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको थियो ।
यसैगरी, नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमै पराजित गरेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म