भारतमा एमपक्सको दोस्रो सङ्क्रमित भेटिए
शुक्रबार, ०४ असोज २०८१, १० : ५३

नयाँ दिल्ली । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ ।
सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका लक्षण देखा परेपछि परीक्षणका क्रममा उनमा एमपक्स सङ्क्रमण भएको पुष्टि भएको हो ।
भारतमा एमपक्स सङ्क्रमणको यो दोस्रो मामिला हो । यसअघि महिनाको सुरुमा केरलामा भारतकै पहिलो एमपक्स सङ्क्रमण पूष्टि भएको थियो ।
केही दिनअघि युएईबाट आएका ३५ वर्षीय पुरुषलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी युएईमा हुँदा इमपक्स संक्रमितको सम्पर्कमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक