बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको इतिहासमा ब्रष्टको पहिलो जित

शुक्रबार, ०४ असोज २०८१, १० : ४१
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । युरोपियन च्याम्प्यिन्स लिग फुटबलको बिहीबार राति सम्पन्न खेलमा फ्रान्सेली क्लब ब्रेष्टले महत्वपूर्ण जित हात पारेको छ । ब्रेष्टले आफ्नो पहिलो खेलमा अस्ट्रियन प्रतिद्वन्द्वी स्ट्रुम ग्राजलाई २–१ गोलले हराएको हो ।

उक्त खेल ब्रेष्टको घरेलु मैदानमा खेलिएको थियो । ब्रष्टले युरोपियन च्याम्पियन्स लिगको इतिहासमै पहिलो खेल जितेको हो । खेल सुरु भएको २३औँ मिनेटमा ह्युगो म्यागनेट्टीले ब्रष्टका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ब्रेष्टकै खेलाडी एडमिल्सन फर्नान्डेसबाट आत्मघाति गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । निर्धारित समयको ५६औँ मिनेटमा अब्दल्लाह सिमाले बेष्टका लागि निर्णायक गोल गरेका थिए ।

खेलको अन्त्यतिर अस्ट्रियन क्लब १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ८८औँ मिनेटमा दिमित्री लाभाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । अघिल्लो सिजनको घरेलु लिगमा तेस्रो हुँदै ब्रेष्ट च्याम्पियन्स लिगमा छनोट भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप