ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनसँगै एट्लेटिको म्याड्रिडले जर्मन प्रतिद्वन्द्वीलाई हरायो

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा बिहीबार राति खेलिएको खेलमा एट्लेटिको म्याड्रिडले जर्मन क्लब आरबी लिपजिगलाई २–१ गोलले हरायो ।
खेलको प्रारम्भमै अग्रता लिएर पनि जर्मन क्लबले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको चौथो मिनेटमै आरबी लिपजिगका लागि बेन्जामिन सेस्कोले गोल गरेका थिए । त्यसपछि खेलमा एट्लेटिको म्याड्रिडले उत्कृष्ट पुनरागमन ग¥यो ।
निर्धारित समयको २८औँ मिनेटमा एट्लेटिको म्याड्रिडका लागि एन्टोइन ग्रिजम्यानले जवाफी गोल गरेका थिए । ग्रिजम्यानको गोलपछि पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि एट्लेटिको म्याड्रिडले दोस्रो गोल गरेको थियो ।
एट्लेटिको म्याड्रिडका लागि दोस्रो गोल ९०औँ मिनेटमा होजे मारिया जिमेन्जले गरेका थिए । उनले ग्रिजम्यानको उत्कृष्ट पासमा गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश