च्याम्पियन्स लिग फुटबल : एटलान्टासँग बराबरीमा रोकियो आर्सनल

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा अङ्क बाँडेको छ । इटालियन क्लब एटलान्टाले घरेलु मैदानमा खेलिएको खेलमा आर्सनललाई गोलरहित बराबरीमा रोकेको हो ।
आर्सनलका गोलरक्षक डेभिड रायाको प्रदर्शन उत्कृष्ट रह्यो । २९ वर्षीय स्पेनिस गोलरक्षकले ५१औँ मिनेटमा एटलान्टाले प्रहार गरेको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका थिए । उनकै अविश्वासिलो प्रदर्शनका कारण आर्सनल सम्भावित हारबाट जोगियो ।
आर्सनलले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सन् २००६ मा आर्सनल च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको थियो । जारी सिजनको च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता रहेको छ ।
सबै टोलीले एक–एक खेल खेलिसकेका छन् । आर्सनल र एटलान्टा एक–एक अंकसहित तालिकाको १६औँ स्थानमा छन् । १५ वटा टोलीले पहिलो चरणको खेल जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण