युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
शुक्रबार, ०४ असोज २०८१, ०९ : ५८

मस्को । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् ।
बीबीसी रसिया र स्वतन्त्र वेबसाइट मिडयाजोनाले यी नामका साथै सरकारी प्रतिवेदन समेत अन्य ओपन सोर्समा उल्लेख भएका नामहरूसमेत सङ्कलन गरेको थियो । यस क्रममा युक्रेनमा युद्ध लडिरहँदा ज्यान गुमाएका ७० हजार ११२ जना रुसी सेनाको पहिचान भएको बीबीसीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते