शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोगको विवादमा चन्द्रबाबु नायडुले के भने ?

शुक्रबार, ०४ असोज २०८१, ०९ : २८
शुक्रबार, ०४ असोज २०८१

नयाँ दिल्ली । आन्ध्र प्रदेशको तिरुपती मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।  ‘अघिल्लो सरकारमा प्रसाद लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिन्थ्यो । 

प्रसादको नमुना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।’ आन्ध्र प्रदेशको सत्तारुढ दल तेलुगु देशम पार्टीका महासचिव नारा लोकेशले दाबी गरेका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यका पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले भने, ‘तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न सक्दैनन् । विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेका थिए ।’ उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप