सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए।
अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।
पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु एक सय २५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनमा कति चम्चा खानुपर्छ तेल ?
-
‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा
-
असोजमा झरी : कुन-कुन नदीमा छ बाढीको जोखिम ?
-
आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली
-
पीडितलाई न्याय दिलाएरै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली