मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लेबनान विष्फोट

विद्युतीय म्यासेजद्वारा गराइएको थियो पेजर र वाकीटकी विष्फोट

शुक्रबार, ०४ असोज २०८१, ०२ : ३०
शुक्रबार, ०४ असोज २०८१

बेरुत । लेबनानमा विष्फोट भएका सञ्चार उपकरणहरू पेजर र वाकीटकीमा विद्युतीय म्यासेजमार्फत् विष्फोट गराइएको खुलेको छ ।

संयुक्त राष्ट्रसंघका लागि लेबनानी मिसनले विद्युतीय म्यासेजद्वारा सञ्चार उपकरणहरू पेजर र वाकीटकी विष्फोट गराइएको उल्लेख गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार लेबनानी अधिकारीहरूको प्रारम्भिक अनुसन्धानले पनि यन्त्रहरू देशमा आइपुग्नु अघि विष्फोटकहरू प्रत्यारोपण गरिएको खुलाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बखत् आतिशबाजी र बन्दुकको आवाजजस्ता साना विस्फोटहरू देख्नुअघि मानिसहरूको खल्तीबाट धुवाँ निस्किएको थियो । प्रारम्भिक विष्फोटपछि करिब एक घण्टासम्म निरन्तर विष्फोट भएका थिए । लेबनानी सुरक्षा स्रोतका अनुसार विष्फोट भएका सञ्चार उपकरणहरू हिजबुल्लाहले करिब पाँच महिला अगाडि खरिद गरेको थियो ।

विष्फोटमा परी ३७ जनाको मृत्यु भएको छ भने करिब तीन हजार जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप