फोनपेद्वारा सुपर यात्रा अभियान घोषणा

फोनपेले २ असोज “सुपर यात्रा” अभियान सुरु गरेको छ। दसैँ र तिहारमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार
यो अभियानमार्फत प्रदान गरिने कम्पनीको भनाइ छ।
जसअनुसार नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन् । जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन्।
यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। जसअनुसार एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।
“दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन्। ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु