इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छ : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले इमान्दारिताका साथ काम गरेमात्रै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज ख्वपः कलेज, ख्वपः माविले यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक अन्तरक्रियामा उनले नेताहरुले संविधान कार्यान्वयनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।
“नेताहरुले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि काम गर्नसके संविधानको मर्म जनताले बुझ्छन्”, बिजुक्छेँले भने । उनले संविधान कार्यान्वयनमा जातजाति, भाषाभाषी एवं भूगोलअनुसार स्थानीय निकायलाई अधिकार दिनुपर्नेमा जोड दिए ।
उनले व्यक्तित्व विकासमा समान अवसर र योग्यताअनुसारको काम एवं कामअनुसारको ज्यालाको विषय समेट्न सके मात्रै समाजवादोन्मुख समाजको निर्माण हुने बताए । विभिन्न जातजाति भाषाभाषी एवं पछाडि परेका वर्गको पनि प्रतिनिधित्व होस्, समाजमा भेदभाव हटोस् भनेर समावेशीको व्यवस्था गरिएको उनको भनाइ छ ।
संविधानले गाउँगाउँमा रहेका र पछाडि परेका महिलालाई समावेशी रुपमा अगाडि बढाउन ३३ प्रतिशतको व्यवस्था लागू गरेको भए पनि पूर्ण रुपमा कार्यान्वयनका नआएको दाबी गरे ।
कार्यक्रममा संविधानविद् विपिन अधिकारी, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले संविधानको पूर्ण कार्यान्वयन र संशोधनको आवश्यकता औल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना