लेबनान : सञ्चार उपकरण विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ६०८ जना घाइते
बिहीबार, ०३ असोज २०८१, २० : ४५

बेरुट । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरणमा भएका विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै लेबनानका स्वास्थ्य मन्त्री अबेदले बुधबार भएको विस्फोटमा घाइते भएका व्यक्तिको सङ्ख्याबारे पनि जानकारी दिए।उनले विस्फोटमा घाइते हुनेको सङ्ख्या कम्तीमा ६०८ पुगेको बताए । पहिले यो सङ्ख्या ४५० थियो।
मंगलबार र बुधबार दुवै दिन भएका विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ, जसमध्ये मंगलबार पेजरमार्फत भएका विस्फोटमा १२ जनाको मृत्यु भएको थियो ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबेदले लेबनानले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी दिए। लेबनानले यस मुद्दामा अर्थपूर्ण वार्ता हुने आशा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
-
गणतन्त्रमाथि आक्रमण हुन थाल्यो, पत्रकारले संरक्षण गर्नुपर्छ– ऊर्जामन्त्री खड्का
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो